Follow us:


Follow us

२७ भदौ २०८३, शनिवार
२७ भदौ २०८३, शनिवार


३० हजार वर्ष पुरानो म्यामोथ क्यानडामा फेला

एक्सन खबर
असार, १२, २०७९


३० हजार वर्ष पुरानो म्यामोथ क्यानडामा फेला

ओटाबा, १२ असार । उत्तर–पश्चिमी क्यानडामा जमेको अवस्थामा एउटा वुली म्यामोथ फेला परेको छ । सो म्यामोथ ३० हजार वर्षभन्दा पुरानो भएको विश्वास गरिएको छ । उक्त म्यामोथलाई मंगलबार युकोनको क्लोन्डाइक क्षेत्रमा सुन खानीहरूले फेला पारेका थिए ।

बुली म्यामोथ हात्ती प्रजातिको प्राणी हो । यसको लामो सुँड हुन्छ ।  युकोन सरकारले यसलाई सन् २००७ मा साइबेरियामा रसियाले फेला परेको बच्चा म्यामथसँग तुलना गरेको छ । उक्त पोथी बच्चाको नाम नुन चो गा राखिएको छ, जसको अर्थ उक्त क्षेत्रका मूल अमेरिकीहरूले बोल्ने हान भाषामा ‘ठूलो बच्चा जनावर’ हो ।

‘नन चो गा सुन्दर छ र संसारमा फेला परेको सबैभन्दा अविश्वसनीय ममीफाइड हिमयुग जनावरमध्ये एक हो’, युकोनका जीवाश्मविद ग्रान्ट जाजुलाले भने ।

‘यो सन् २००७ मा फेला परेको साइबेरियन बेबी ल्युबा जत्तिकै आकारको छ,जुन  ४२ हजार वर्ष पुरानो थियो’, युकोन सरकारले एक प्रेस विज्ञप्तिमा भनेकाे छ ।
 













0 प्रतिकृया