हैजा के हो ? कसरी फैलन्छ र यसबाट कसरी बच्ने ?
एक्सन खबर
काठमाडौं, २३ असार । नेपाल मेडिकल कलेजका डा. सुनिल मरिकले फोहर तथा दुषित पानीका कारण हैजा संक्रमण फैलन सक्ने बताएका छन् । राजधानीको ढल तथा खानेपानीको व्यवस्थापन कमजोर रहेको बताउँदै खानेपानी दुषित भएकैले हैजाका बिरामीहरु देखा परेको बताउँदै उनले स्वच्छ खानेपानी र स्वस्थ खानपिन गर्नुपर्ने सुझाए ।
हैजालाई फैलन नदिन खानेपानी र हामीले दैनिक प्रयोग गर्ने सागसब्जीहरु राम्ररी पखालेर स्वस्थ बनाएर खानुपर्ने डा. सुनिलको भनाई छ । उनले राजधानीमा जारको पानी समेत दुषित पाइएको बताउँदै सकेसम्म उमालेर, फिल्टर गरेर मात्र पानी पिउन भनेका छन् ।
रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नदिनु नै श्रेयकर भन्दै हैजाको लक्षण देखापर्ने वित्तिकै अस्पतालमा जाने, जीवनजल, उमालेको स्वच्छ पानी बारम्बार पिउनु पर्ने डा. सुनिलको सुझाव छ ।
हेर्नुहोस् भिडियो
0 प्रतिकृया