Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


१५ दिनमा नोबेलको एम्बुलेन्स क्याम्पबाट १२ हजार विरामीको निःशुल्क उपचार

एक्सन खबर
असार, २८, २०७९


१५ दिनमा नोबेलको एम्बुलेन्स क्याम्पबाट १२ हजार विरामीको निःशुल्क उपचार

विराटनगर, २८ असार । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १२ हजार भन्दा बढी विरामीले निःशुल्क उपचार पाएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा एम्बुलेन्स क्याम्प सञ्चालन गरेर दुई साताको अवधिमा १२ हजार ३ सय ६४ विरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

१९४४ जनाको मुटुको जाँच इसीजी, २१२० जनाको रक्त परीक्षण र २१६२ जनाको भिडियो एक्सरे गरिएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार सो अवधिमा ५२६ जनाको दाँत उखेलिएको छ । यता, ७८६६ विरामीलाई नोबेल अस्पताल ल्याइ उपचार गरिएको छ । जसमध्ये ११६२ जनाको जटिल तथा सामान्य अप्रेशन गरिएको प्रवन्धक दाहालले बताए ।

नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सो क्षेत्रमा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् । बेलबारी–४ स्थायी घर भएका डा.शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका डा.शर्मा चुनाव हारेर पनि निरन्तर जनताको सेवामा सक्रिय छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क उपचारको व्यवस्था मिलाउँन ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् ।

शनिवारबाहेक हरेक दिन दुई टोली डाक्टरहरु एम्बुलेन्स लिएर टोलटोलमा पुगी त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी त्यहीँ गर्ने गरिएको छ । त्यहाँ उपचार सम्भव नभएका विरामीलाई नोबेल अस्पताल ल्याई उपचार गरेर घर पुर्याउँने व्यवस्था पनि मिलाइएको छ ।















0 प्रतिकृया