Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


नेपालको विकासमा भारत भरपर्दो साझेदारः भारतीय विदेशमन्त्री

एक्सन खबर
असार, ३२, २०७९


नेपालको विकासमा भारत भरपर्दो साझेदारः भारतीय विदेशमन्त्री

काठमाडौं, ३२ असार । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल परेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन् ।

‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको  चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।'

डा. एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको  पनि बताएका छन् । प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा अहिले भारत भ्रमणमा छन् ।

 













0 प्रतिकृया