Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


चिकित्सा शिक्षा शुल्क बृद्धीः डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख

एक्सन खबर
असार, ३२, २०७९


चिकित्सा शिक्षा शुल्क बृद्धीः डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख

काठमाडौं, ३२ असार । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिधामा शैक्षिक सत्र २०७८/७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ । गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३.६ प्रतिशतले बृद्धी गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए ।

उपत्यका भित्र एमवीवीएस (डाक्टर) पढनका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढन ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ । उता, नर्सिङ पढनका लागि १० लाख निर्धारण गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार विडिएसका लागि २० लाख ९२ हजार २ सय ९० रूपैया निर्धारण गरिएकाे छ । विपिटी, विएस्सी. एमआइटी, विएस्सी एमएलटी, वि. मेडिकल माइक्राेवायाेलाेजी, वि. मेडिकल बायाेकेमेष्ट्री अध्ययनका लागि ७ लाख ७७ हजार शुल्क कायम गरिएकाे छ । 

कुन विषयकाे कति शुल्क ? 













0 प्रतिकृया