Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


सेनाले ४३ वर्षदेखि विमान चार्टर गरेको भाडा उठाउन सकेन

एक्सन खबर
साउन, १, २०७९


सेनाले ४३ वर्षदेखि विमान चार्टर गरेको भाडा उठाउन सकेन

काठमाडौं, १ साउन । नेपाली सेनाले ४३ वर्षदेखि आफ्ना हेलिकप्टर र जहाज भाडामा लगाउँदा लागेको भाडा उठान सकेको छैन । प्रत्येक वर्ष यस्तो रकम थपिदै जाँदा सेनाले हेलिकप्टर तथा जहाज चार्टर गरे वापत उठाउन बाँकी रकम अहिले १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष  २०३४/३५ देखि  २०७७/७८ सम्म सेनाले उठाउन बाँकी चार्टर भाडा १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको उल्लेख गरिएकाे छ ।

‘विवरणअनुसार ८ निकायबाट आर्थिक वर्ष २०७७/७८ को चार्टर भाडा ७१ लाख १९ हजार र २०३४/३५ देखि २०७६/७७ सम्मको १ करोड १८ लाख ३५ हजार रुपैयाँ समेत १ करोड ८९ लाख ५४ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ । बक्यौता रकम समितिको कार्यविधिअनुसार असुल गर्नुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।

नेपाली सेनामा रहेको सैनिक विमान चार्टर उडान समितिले सैनिक विमान भाडामा दिने काम गर्छ । समिति मातहतमा रहेका १७ जहाजमध्ये एउटा मर्मतको लागि भूमिस्थ रहेको र ६ वटा सेवा दिन नसक्ने अवस्थामा छन् ।

आर्थिक वर्ष २०७७/७८ मा सेनाको १० वटा जहाजले २४१ घण्टा उडान गरेको थियो । सेनाले हवाइ साधनबाट आर्थिक वर्ष २०७६/७७ मा १९ करोड ३३ लाख ६९ हजार आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा यो रकम १६ करोड ४४ लाख ६४ हजार रुपैयाँ रहेको थियो । 













0 प्रतिकृया