Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


चौबिस घण्टामा १३५ नयाँ संक्रमित थपिँदा एक जनाको मृत्यु

एक्सन खबर
साउन, १, २०७९


चौबिस घण्टामा १३५ नयाँ संक्रमित थपिँदा एक जनाको मृत्यु

काठमाडौं, १ साउन । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पाइएको हो । बितेको चौबिस घण्टामा १ हजार ४७३ जनाको पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५९ जना संक्रमित निको भएका छन् । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाे तथ्याङ्क अनुसार हालसम्म नेपालमा ११ लाख २२ हजार ३३६ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भइसकेका छन् । कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९५३ जनाको मृत्यु भएको छ ।

 













0 प्रतिकृया