Follow us:


Follow us

२ असोज २०८३, शुक्रवार
२ असोज २०८३, शुक्रवार


सुनसरी कांग्रेसले तोक्यो प्रवक्ता र विभागीय संयोजकको जिम्मेवारी

एक्सन खबर
साउन, १, २०७९


सुनसरी कांग्रेसले तोक्यो प्रवक्ता र विभागीय संयोजकको जिम्मेवारी

धरान, १ साउन । नेपाली कांग्रेस, क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले पदाधिकारी तथा सदस्यहरुलाई प्रवक्ता र विभागीय जिम्मेवारी तोकेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले उपरोक्त जिम्मेवारी तोकेको हो ।

बैठकले क्षेत्रीय प्रवक्ता र सूचना, सञ्चार तथा प्रचार विभागको जिम्मेवारी क्षेत्रीय सचिव केशव पुरीलाई दिने निर्णय गरेको छ । त्यसैगरी क्षेत्रीय सचिव महेन्द्र प्रधान पर्यटन, उद्योग तथा वाणिज्य विभाग, क्षेत्रीय सहसचिव भोजराज न्योपाने संगठन विभाग, संवैधानिक कानुन तथा न्यायिक विभाग, क्षेत्रीय सहसचिव सुमित राई युवा तथा खेलकुद विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।

यसैगरी, सदस्यहरु लक्ष्मी खतिवडा शान्ति, सुरक्षा तथा प्रशासन सेवा विभाग, उमेश पौडेल गैरसरकारी संस्था तथा सामाजिक सेवा विभाग, अतुल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि विभाग, लोकमणि शर्मा अनुगमन, मूल्यांकन तथा अभिलेख विभाग, आशिष कटवाल भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभाग, पदमसुन्दर लिम्वु श्रमिक तथा ट्रेड युनियन विभाग, सन्ध्या श्रेष्ठलाई महिला विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।

यस्तै, शोभापुलामी राई द्धन्द्ध व्यवस्थापन तथा मेलमिलाप विभाग, पर्शुराम चौधरी कृषि तथा भूमिसुधार विभाग, किशोर वि.क. सुकुम्वासी तथा भूमिहीन अव्यवस्थित बस्ती विभाग, मणिराम राई प्राकृतिक श्रोत, जल तथा उर्जा विभाग, प्रदिप राई भाषा, साहित्य, कला तथा संस्कृति विभाग, मचिन्द्र राई वन, वातावरण तथा विपद व्यवस्थापन विभाग, सम्पुर्ण ताम्राकार तरुण विभाग, प्रदिप थापा विदेश विभागको संयोजकको जिममेवारी दिइएको छ ।

यसैगरी, दिनेश श्रेष्ठ सहकारी विभाग, मनिष खड्गी स्थानीय तह विभाग, विष्णु वराल पेशागत बुद्धिजीवी विभाग, मनिष शाही स्वास्थ्य विभाग, अशोक साह मधेशी समुदाय समन्वय विभाग, कैलाश अग्रवाल मारवाडी समुदाय समन्वय विभाग र कमल प्रसाद भट्टराई धार्मिक संघसंस्था समन्वय विभागको संयोजकको जिम्मेवारी तोकिएको छ ।

बैठकले साउन ६ गते वी.पी. स्मृति दिवसको अवसरमा वृक्ष रोपण, विचार गोष्ठि तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, शुभकामना तथा सम्मान कार्यक्रम गर्ने समेत निर्णय गरेको क्षेत्रिय सभापति तामाङले जानकारी दिए ।

 













0 प्रतिकृया