Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


किरणलाई माल्दिभ्समा दोस्रो लिग उपाधि

एक्सन खबर
साउन, ७, २०७९


किरणलाई माल्दिभ्समा दोस्रो लिग उपाधि

काठमाडौं, ७ साउन । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण कुमार लिम्बू (चेम्जोङ) ले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि दोस्रो पटक जितेका छन् ।

शुक्रबार भएको धिवेही प्रिमियर लिगको खेलमा किरण सम्मिलित माजिया स्पोर्टस् एण्ड रिक्रियसनले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १–० ले पराजित गर्दै लगातार तेस्रो पटक लिग उपाधि हात पारेको हो । समग्रमा उसको लिग उपाधि चौथो हो ।

माजियाको जितमा स्पेनिस खेलाडी टाना डोनिन्गुइजले ४१औं मिनेटमा निर्णायक गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

नेपाली टोलीका कप्तान समेत रहेका किरणले माजियाको तर्फबाट पूरा समय मैदान बिताएका थिए । माल्दिभ्समा किरणको यो दोस्रो लिग उपाधि हो । यस अघि किरणले टिसी स्पोर्टस्बाट लिग उपाधि जितेका थिए ।

३२ वर्षीय किरणले माल्दिभ्समा सन् २०१८–१९ मा उपाधि जितेका थिए । जुन समय उनि लिगकै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । १९ खेल खेल्दा माजियाले १८ खेलमा जित, एक खेलमा हार बेहोर्दै ५४ अंक जोडेको छ ।













0 प्रतिकृया