Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


पहिलो टी २० मा वेस्ट इन्डिजसँग भारतकाे जित

एक्सन खबर
साउन, १४, २०७९


पहिलो टी २० मा  वेस्ट इन्डिजसँग भारतकाे जित

काठमाडौं, १४ साउन । पाँच टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले हराएको छ । यससँगै भारतले शृंखलामा १-० को अग्रता लिएको छ ।

शुक्रबार राति भारतले दिएको १९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ८ विकेट गुमाएर १२२ रनमा समेटियो ।

वेस्ट इन्दिजका लागि शम्राह ब्रुक्सले २० रन, केमो पाउलले १९ रन, निकोलस पुरण १८ रन र केली मेयर्सले १५ रनको योगदान गरे । भारतका रविचन्द्र आश्विन, रबि बिश्नोई र अर्शदिप सिंहले समान २ विकेट लिए ।

यस अघिटस हारेर  पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १९० रनको योगफल तयार पार्यो । भारतका कप्तान रोहित चन्दले ६४ रन,  दिनेश कार्तिक ४१ रन, सूर्यकुमार यादवले २४, रविचन्द्र जडेजाले १६ र  ऋषव पन्तले १४ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेपले २ विकेट लिए ।













0 प्रतिकृया