Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


धौलागिरीले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने

एक्सन खबर
साउन, १५, २०७९


धौलागिरीले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने

काठमाडौं, १५ साउन । धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यका दरले तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । योमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र पाँच हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।
 
बाँकी तीन लाख नौ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।













0 प्रतिकृया