Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


महाकाली सन्धिमा कमजोरी रहेको ओलीद्वारा स्वीकार

एक्सन खबर
साउन, १६, २०७९


महाकाली सन्धिमा कमजोरी रहेको ओलीद्वारा स्वीकार

काठमाडौं, १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन् । महाकाली सन्धि संसदले अनुमोदन गरेको साढे दुई दशकपछि ओलीले त्यसलाई स्वीकार गरेका हुन् ।

सोमबार काठमाडौंमा पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको ‘चक्रब्यूहमा नेपालको जलस्रोत’ नामक पुस्तक लोकार्पणमा सन्धि अनुमोदन गर्न महत्त्वपूर्ण भूमिका खेलेका ओलीले महाकालीको पानी दुवै देशको आधा आधा हो भन्ने विषयलाई सन्धिले स्थापित गरेको बताए ।

तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको ओलीले बताए । 'त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ । धेरै पहिलेदेखि तल्लो शारदा नहर पनि चलेको रहेछ । त्यस समयमा चर्चा भएन । त्यसले गर्दा पानी खपतको बाँडफाँडको विषयमा प्रसस्त छलफल हुन पाएन । कतिपय ल्याप्सेस (कमजोरी) रहे,' उनले भने ।

महाकाली सन्धि अनुमोदन भने आवश्यक रहेको उनको दाबी थियो । महाकाली सन्धिले गर्दा तत्कालीन समयमा नेकपा एमालेमा विवाद चर्किएको थियो । उक्त विवाद उत्कर्षमा पुग्दा पार्टी विभाजित भएको थियो । ओलीले नेपालमा भएका सम्पूर्ण प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन नसकेको बताएका छन् । राष्ट्रहित अनुकुल हुँदै यी साधान स्रोतको प्रयोग गर्नु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा ओलीले सत्ताहितको लागि राष्ट्रहितलाई तिलाञ्जली दिने प्रवृत्ति देखिएको बताए । उनले कार्यक्रममा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले राष्ट्रहितमा देखाएको र चालेको कदमको प्रशंसा पनि गरे । यस्तो गलत प्रवृत्तिको सधै विरुद्धमा रहनु पर्ने बताए ।

पुस्तकमा नेपालको जलस्रोतलाई उर्जासँग मात्रै नजोडेर विश्वभर खानेपानी आपुर्तिको रुपमा पनि व्याख्या हुनुपर्ने बताए । फाेटाे फायलः













0 प्रतिकृया