Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


नागपञ्चमीमा नाग पाेखरीमा श्रद्धालुहरुको घुँइचाे (फोटोफिचर)

एक्सन खबर
साउन, १७, २०७९


नागपञ्चमीमा नाग पाेखरीमा श्रद्धालुहरुको घुँइचाे (फोटोफिचर)

काठमाडौं, १७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । सो अवसरमा काठमाडौंको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको को मंगलबार बिहानैदेखि घुइँचो लागेको छ ।

आजै काठमाडौंको नागपोखरी, किर्तिपुरको टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।  

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइन्छ । तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी  लगायतका जीवले दुःख नदिनेका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

तस्विरहरूः























0 प्रतिकृया