Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


निर्वाचन आयोगमा सिके राउतकाे जनमत पार्टी एक नम्बरमा दर्ता

एक्सन खबर
साउन, २२, २०७९


निर्वाचन आयोगमा सिके राउतकाे जनमत पार्टी एक नम्बरमा दर्ता

काठमाडौं, २२ साउन । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको हो ।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । पार्टी उपाध्यक्ष वसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो ।













0 प्रतिकृया