सिटीको जितमा हालान्डको दुई गोल, युनाइटेड ब्राइटेनसँग स्तब्ध
एक्सन खबर
काठमाडौं, २३ साउन । फरवार्ड एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सिजन २०२२/२३ प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो ।
खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हालान्डले ६५ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे । यता, घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भयो । युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए ।
पास्कल ग्रोसले ३०औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पर्यो । ३९औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे । युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो । खेलको ६८औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो ।
युनाइटेड ब्राइटनसँग स्तब्ध
ब्राइटनसँग २-१ को हारसँगै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग २०२२/२३ को सुरुवात गरेको छ । आइतबार राति प्रशिक्षक एरिक टेन हाङको नेतृत्वमा युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै स्तब्ध बन्यो ।
युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए । पास्कल ग्रोसले ३०औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पार्यो । ३९औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे ।
युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो । खेलको ६८औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो ।
0 प्रतिकृया