सन्दीप लामिछाने टी-२० खेलको मार्की खेलाडी
एक्सन खबर
काठमाडौं, २४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका
कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेसनल टी २०
खेल्ने भएका छन् । यूएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको
प्रतियोगितामा सन्दीप मार्की खेलाडीको रुपमा अनुबन्धित भएका हुन् ।
प्रतियोगितामा
सन्दीपसँगै विश्वका चर्चित खेलाडीहरु मार्की खेलाडीको रुपमा जोडिएका छन् ।
जसमा मोइन अली, आन्द्रे रसेल, डविड मलान, वनिन्दु हसरंगा, सुनिल नारिन,
एभिन लुइस, कोलिन मुन्रो, फाविएन अलेन, साम बिलिङ, दुस्मन्था चमिरा,
सिम्रोन हेडमायर, अकेइल हुसेन, क्रिस जोर्डन, टम ब्यान्टोन, क्रिस लिन,
रोभम्यान पोवेल, भानुका राजापाक्षे र मुजिब उल रहमान छन् ।
अर्को
वर्षको सुरुआतमा हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा एक टिमले १८ खेलाडी राख्न पाउनेछन् । जसमा चार यूएईका र दुई
एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य राख्न पर्ने आयोजकले जनाएको छ ।
0 प्रतिकृया