Follow us:


Follow us

१४ असार २०८३, आइतवार
१४ असार २०८३, आइतवार


ज्ञानेन्द्रलाई समेट्दै केन्याबिरुद्द नेपाली टिम घोषणा

एक्सन खबर
साउन, २५, २०७९


ज्ञानेन्द्रलाई समेट्दै केन्याबिरुद्द नेपाली टिम घोषणा

काठमाडौं, २४ साउन । पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँग हुने पाँच टी-२० र तीन एकदिवसीय अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोली मंगलबार घोषणा गरेको छ ।

१६ सदस्यीय टोलीमा ज्ञानेन्द्रले पुनरागमन गरिएको छ । टोलीको कप्तानी भने सन्दीप लामिछानेले गर्नेछन् । यस्तै, उपकप्तान रोहितकुमार पौडेल छन् ।

केन्यामा हुने शृंखला २५ अगस्ट देखि ५ सेप्टेम्बरसम्म हुनेछ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले सुरुवातमा टी-२० शृंखला खेल्नेछ । जुन शृंखला मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा पहिलो हुनेछ । क्यानले सोमबार प्रभाकरलाई नियुक्त गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग पाँच टी-२० र तीन एकदिवसीय अन्तराष्ट्रिय शृंखला खेल्ने क्यान) ले जनाएको छ ।
 













0 प्रतिकृया