Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


सिन्धुको संस्थापक सेयर सर्वसाधारणलाई

एक्सन खबर
साउन, २६, २०७९


सिन्धुको संस्थापक सेयर सर्वसाधारणलाई

काठमाडौं, २६ साउन । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुल्ला गरेको हो ।

बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन् ।

उक्त समयमा पनि हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रकिया अघि बढाइने सो बैंकले जनाएको छ ।













0 प्रतिकृया