Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


एमाले बैठकले गरेका ७ निर्णयमा केके छन् ?

एक्सन खबर
साउन, २६, २०७९


एमाले बैठकले गरेका ७ निर्णयमा केके छन् ?

काठमाडौं, २६ साउन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचलान कमिटी गठन गरेको छ । आउँदो ४ मंसिरसमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने उनले जानकारी दिए ।

सचिवालयको ११ औं बैठकले विभिन्न सात निर्णय गरेको गुरुङले जानकारी दिए । बैठकले जीवन गाैतम, बृजेश कुमार गुप्ता, धर्मदत्त देवकाेटा, अमृत राजवंशीलाई केन्द्रीय कमिटीमा मनाेनयन गरेकाे छ । साथै, नवराज पाैडेललाई सल्लाहकार परिषदमा मनाेनय गरेकाे छ ।

यस्तै विभिन्न विभागहरूमा रिक्त रहेकाे सचिवहरू समेत मनाेनयन गरेकाे प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जनाएका छन् । बैठकले पार्टीे स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटव्यूरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौंमा बस्ने निर्णय गरेको छ ।
















0 प्रतिकृया