Follow us:


Follow us

९ असोज २०७९, आइतवार
९ असोज २०७९, आइतवार


"म एउटी बिबाहित महिला हुँ !"

एक्सन खबर
साउन, ३०, २०७९




"म एउटी बिबाहित महिला हुँ !"

शाहरुख हैदर

म एउटी महिला हुँ
ईरानी महिला
रातको आठ बजेको छ
यहाँ खयाबान सहरूरदी शिमालीमा
रातको आठ बजेको छ
रोटी किन्नको लागि बाहिर जाँदै छु ।
न म सिङ्गार पटार छु
न मेरा कपडाहरू राम्रा छन
तर यहाँ
खुलेआम
मेरो पछि सातौं गाडी छ....।
भनिरहेका छन्-
लोग्ने छ कि छैन ?
मसँग घुम्न हिड
तिमीलाई जे चाहिन्छ दिउँला ।
यहाँ तन्दुरी बनाउने मान्छे छ
समय साँढे आठ भएको छ
पिठो मुछ्दै छ
तर मलाई थाहा छैन, किन हो कुन्नि
मलाई देखेर आँखा झिम्क्याउदै छ ।
नान दिदै गर्दा
आफ्नो हात
मेरो हातमा रगड्दै छ !!
यो तेहरान हो ......
सडक पार मात्रै के गरेकी छु
गाडी चढेर कोही आउछ
गाडी चढ्ने.....
भाऊ सोध्दै छ,
रातको कति ?
म जान्दिन थिएँ
रातको भाउ भनेको के हो ?
यो इरान हो ......
मेरा हत्केला भिजेका छन्
लाग्दै छ- बोल्न पाउन्न
भर्खर मेरो लाज र चिन्ताले आएका पसिना
ओभाउनै पाएका छैनन्
म घर आइपुगें ।
इञ्जिनियरलाई हेरें......
एक जना सज्जन पुरुष
जो दोश्रो तलामा
श्रीमती र छोरीसँग बस्छन्
अभिवादन......
बेगम तपाई ठीकै हुनुहुन्छ ?
तपाईकी प्यारी छोरी ठीक छिन ?
हजुर अभिवादन् ...
तिमी ठीक छौ ? खुसी छौ ?
देखिदैन त ?
यथार्थ के छ भने
आज राती मेरो घरमा कोही छैन
यदि संभव हुन्छ भने आऊ न त
निलोफरको कम्प्युटर बनाइदेऊ
साह्रै झ्याऊ खेलाउँछ
यो मेरो मोबाइल हो
आरामले चाहे जति कुरा गर्नू
म मुस्कुराउदै भन्छु
धेरै राम्रो, यदि समय मिल्यो भने पक्का !!
यो इस्लाम-धरती हो
यो औलिया र सूफीहरूको धरती हो
यहाँ इस्लामिक कानून चल्छ
तर यहाँ यौन उन्मादी रोगीले
महिलाको शरीरमा वीर्य पोखेको छ।
न दया न धर्म न कानून
अनि न तिम्रो नामले रक्षा गर्न सक्छ ।
यो हो
इस्लामिक लोकतन्त्र ......
र म एउटी महिला हूँ
मेरो लोग्नेले
चाहे चार वटा बिहे गरोस
या चालीस वटी महिलाहरूसँग सुतोस
मेरो कपालले
मलाई नरकमा‌ लैजाने छ
अनि पुरुषको शरीरको अत्तरले
उसलाई स्वर्गमा लैजान्छ
मलाई
कुनै अदालतबाट केही मिल्दैन
यदि मेरो लोग्नेले तलाक दिएमा
ऊ इज्जतदार मानिन्छ
यदि मैले तलाक मागें भने
भनिन्छ-
हद नाघेकी लबस्तरी
मेरी छोरीको बिहेको लागि
मेरो स्विकृतिको वास्ता हुदैनन
तर बाबुको स्विकृति अनिवार्य हुन्छ ।
म दुई वटा काम गर्छु
ऊ कामबाट आउछ र आराम गर्छ
म कामबाट आउछु र फेरि काम गर्छु
अनि उसलाई
खुसी थुपार्नु पनि मेरै काम हो ।
म एउटी महिला हुँ
मलाई हेर्नु पुरुषको हक हो
तर
गल्तिले पनि
यदि मेरा आँखा पुरुषमा परे भने
म आवारा तथा खराव आचरणकी मानिने छु ।
म एउटी महिला हुँ....
आफ्ना सारा प्रतिबन्ध पछि पनि महिला हुँ
के मेरो जन्ममा कुनै गल्ति थियो ?
या त्यो ठाउँ गलत थियो, जहाँ म हुर्किएँ ?
मेरो
मेरो शरीर
मेरा अस्तित्व
एउटा सफेदपोष पुरुषको सोच
र ,अरबी भाषाको सीमित ठगका नाममा बिकेको छ।
आफ्नो किताव बदलौं
या
यहाँका पुरुषको सोच
या
कोठाको कुनामा थुनिएर बसौं
म जान्दिन....
संसारमा म
खराब ठाउँमा‌ जन्मिएकी हुँ
या खराब समयमा जन्मिएकी हुँ
म जान्दिन ।














0 प्रतिकृया