‘लाल सिंह चड्ढा’मा मिस्टर फरफेक्टनिस्टका १० गल्ती
एक्सन खबर
काठमाडाैं, १ भदाै । आमिर खानको फिल्म ‘लाल सिंह
चड्ढा’ले बक्सअफिसमा धिमा गतिमा कलेक्सन गरेको सबैलाई थाहा नै छ । खासगरी
यो फिल्मलाई बहिस्कार गर्नुपर्ने माग बढ्दै गएपछि उनको फिल्म संकटमा पर्न
थालेको हो । यो भयो व्यावसायिक कुरा ।
तर, आमिरको फिल्म फ्लप हुनुमा
उनले गरेका १० गल्ती आफैंमा प्रमाण हुन् । विवाद र चर्चामा आउन नरुचाउने
यी अभिनेताका यी १० गल्तीले उनको फिल्मको व्यापारमा ठूलो असर गर्याे ।
यहाँ उनका ती गल्तीबारे चर्चा गरिएको छ ।
ठग्स अफ हिन्दुस्तानको प्रेम
आमिर
आफ्नो पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा केही फरक लुक्समा थिए ।
फिल्मको हरेक फ्रेममा उनको छाप थियो र त्यो छापमा सहयोगी थिइन् फिल्मकी
अभिनेत्री फातिमा सना शेख । यशराज फिल्मस्को ब्यानरमा बनेको यो फिल्ममा
निर्देशक विजयकृष्ण आचार्य केवल नाममा मात्रका निर्देशक थिए । किनकि फिल्म
रिलिजपछि प्राप्त प्रतिक्रियाले यसको पुष्टि गरेको छ । यो फिल्ममा अभिनय
गरिरहँदा फातिमासँग उनको नाम जोडिएपछि त्यो श्रृंखला अहिलेसम्म जारी छ ।
किरणसँग अलग्गिने निर्णय
आमिरको
आफ्नो ब्राण्डमा त्यो समय झट्का लाग्यो, जुन बेला अर्थात् कोरोना
संक्रमणकालमा उनले दोस्रो पत्नी किरण रावसँग अलग्गिने निर्णय लिए । किरण र
आमिरबीच आन्तरिक रुपमा खटपट थियो । त्यसको कारण अभिनेत्री फातिमा नै थिइन् ।
एक तिहारमा फातिमा आमिरको घर पुगेकी थिइन् । किरणलाई यो कुरा मनपरेन ।
जसकारण त्यहाँ उपस्थित अन्य पाहुनामाझ हंगामा नै भयो । यही कुराले आमिर र
किरणबीच सम्बन्ध बिग्रँदै गएको थियो ।
टर्कीमा सुटिङको निर्णय
टर्कीको
खलिफालाई मुसलमानको अलमबरदार बनाउने विषयमा सुरु भएको खिलाफत आन्दोलनको
दिनदेखि नै टर्कीलाई लिएर देशमा एक ठूलो वर्गको रिस तीव्र थियो । देशमा
फैलिएको कोरोना संक्रमणका बेला आमिर फिल्मको सुटिङको लागि सम्भावना अध्ययन
गर्न टर्की जाने निर्णय लिए । यो विषयलाई लिएर उनी सामाजिक सञ्जालमा निकै
ट्रोल बने ।
मोबाइल नबोक्ने ढोङ
आमिरले फिल्म रिलिज
नभएसम्म मोबाइलको प्रयोग नगर्ने घोषणा गरेका थिए । उनले फिल्मको पोस्ट
प्रोडक्सनसम्मको कामलाई राम्रोसँग नियाल्नका लागि यो निर्णय लिएका थिए ।
केहीले उनको निर्णयलाई स्वागतयोग्य भने पनि अधिकांशले यसको विरोध गरे ।
आमिरले यो निर्णयसँगै आफ्ना सबै सामाजिक सञ्जाल बन्द गरे । आमिरले आफू जति
प्रशंसकसँग टाढिन्छु उति नै उनीहरुले आफूप्रति दूरी बनाउँछन् भन्ने कुरा
बुझेनन् ।
ब्राण्डिङमा मनी लण्ड्रिङको दाग
फिल्म
रिलिज अघि उनका विरोधीले फिल्मको विरोध गर्ने पूर्ण योजना हप्तौं अघिदेखि
नै बनाएका थिए । तर, आमिर खान प्रोडक्सनको मार्केटिङ र पीआर टिम मरुभूमिको
अष्ट्रिच बनिरह्यो । आमिरको निजी र फिल्मको ब्राण्ड गर्नमा कुनै किसिमको
प्रयास भएन । यहीबीचमा आमिरको फिल्म चीनमा यसकारण रिलिज हुन्छ कि उनीमार्फत
भारतमा स्रोत नखुलेको पैसा आउँछ भन्ने हल्लासमेत फिजाइयो । यो कुराको
जानकारी मुम्बईको सम्बन्धित एजेन्सीसम्म पुग्यो ।
अतिरिक्त चतुर्याइँले नोक्सान
आमिरलाई
उनका नजिककाले बलिउडको जिनियस भनेर नै जहिल्यै प्रस्तुत गर्याे । हरेक
पटक उनलाई उनी आफ्नो फिल्मको मार्केटिङ गुरु ठान्थे । तर यसपटक उनको टिमले
यस्तो कदम उठायो, जुन कदमले सबै काम असफल भयो । सामाजिक सञ्जाल त्यति
सक्रिय थिएन, आमिरले मिडियाका माध्यमबाट आफ्नो छवि जुन किसिमले चम्काएका
थिए, ती सबै कदम यसपटक उनकै विपरीत भइदियो । आलोचकसँग बनेको उनको दूरी
बढ्नु र उनको वरपर हरेक पटक ‘यस सर’ भन्ने व्यक्तिको उपस्थितिले फिल्मलाई
ठूलो नोक्सान पुर्यायो ।
लाल सिंह चड्ढाअघि हरफनमौला
आमिरका
प्रशंसक जुन दिन उनको फिल्मको प्रतिक्षा गरिरहेका थिए, आमिरले आफ्नो साथी
अमीन हाजीको फिल्म ‘कोई जाने ना’को ‘हरफनमौला’ गीतमा नाचेका थिए । यो
फिल्ममा आमिरले एली अवरामसँग नाच्दा फिल्मलाई कुनै फाइदा पुगेन । बरु उनले
आफ्नो छविलाई पुनः गुमाए । उनी तमाम विज्ञापन फिल्ममा देखिए पनि त्यसले
खासै केही फरक पारेन ।
पहिलो पत्रकार भेटमा फँसे आमिर
आमिरलाई
मार्केटिङ गुरु मान्ने उनको मार्केटिङ र पीआर टिमले फिल्म ‘ठग्स अफ
हिन्दुस्तान’ सुपरफ्लप भएपछि एक स्थानमा माफी माग्न तयार पारेका थिए । त्यो
बेला माफी मागेको भिडियो यसपटक फिल्म ‘लाल सिंह चड्ढा’को रिलिजको दोस्रो
दिन नै सामाजिक सञ्जालमा भाइरल बन्यो । फिल्मको विरोध गरिरहेका
व्यक्तिहरुले त्यो भिडियोलाई आमिरले यही फिल्मका लागि माफी मागेको भन्दै
प्रचार गरे । त्यही प्रचार फिल्मका लागि घातक बन्यो ।
प्रचारबाट गायब अपरेसन ब्लूस्टार
फिल्मको
कथाको हिसाबले फिल्मको प्रचार भएको भए सायद यति विरोध हुँदैन थियो ।
फिल्ममा ‘अपरेसन ब्लुस्टार’पछि भएको सिख दंगामा विशेष केन्द्रित छ । तर, यो
मुद्दामा फिल्म प्रचारको कुनै दाबी पुष्टि गरिएको छैन । बीजेपीका लागि यो
मुद्दा कांग्रेसलाई कठघरमा खडा गर्ने मौका हुन्थ्यो । तर, आमिर फिल्ममा
राजनीतिक रंग दिन चाहँदैन थिए ।
प्रेस शोमा लुकाछिपी
फिल्मका
लागि प्रेस शो आमिर महत्वपूर्ण मान्छन् । तर यसपटक फिल्मको प्रेस शोमा
उनले सबै समीक्षकलाई खबर गरेनन् । अधिकांशलाई यसपटक आधा रातमा मात्र खबर
पुग्यो । यही लुकाछिपीको असर फिल्मले भोग्यो ।
0 प्रतिकृया