गढी गाउँपालिकाले माग्यो डाक्टर इन्जिनियर सहित कर्मचारी
एक्सन खबर
दुहवी, २ भदौ । सुनसरीको गढी गाउँपालिकाले विभिन्न पदहरुमा स्वास्थ्यकर्मी र इन्जिनियर माग गरेको छ । पालिकाले आज सूचना प्रकाशित गरी खुल्ला प्रतिष्पर्धाका आधारमा मेडिकल अधिकृत, भेटेरिनरी डाक्टर, इन्जिनियर लगायतमा कर्मचारी माग गरेको हो ।
पालिकाका अनुसार मेडिकल अधिकृत एक जना, भेटेरिनरी डाक्टर एक जना, इन्जिनियर एक जना, सव इन्जिनियर एक जना, कृषि सहायक प्राविधिक एक जना, असिस्टेन्ट सव इन्जिनियर एक जना, सहायक कम्प्युटर अपरेटर ८ जना, ल्याव टेक्निसियन ३ जना तथा अनमी र अमिन दुई दुई जना माग गरेको छ ।
गाउँपालिकाले उल्लेखित पदमा करारमा कर्मचारी माग गरिएको तथा सूचना प्रकाशित भएको १५ दिनभित्र रितपूर्वक आवेदन दिन भनेको छ । आवेदन फारम गढी गाउँपालिकाको कार्यालय तथा पालिकाको वेभसाइटमा उपलब्ध रहेको छ ।
हेर्नुहोस सूचना
0 प्रतिकृया