Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


घरेलु मैदानमा डर्टमण्ड वेर्डेर ब्रेमेनसँग स्तब्ध

एक्सन खबर
भदौ, ५, २०७९


घरेलु मैदानमा डर्टमण्ड वेर्डेर ब्रेमेनसँग स्तब्ध

काठमाडौं, ५ भदौ । सुरुवाती अग्रता जोगाउन नसक्दा रोमाञ्चक खेलमा बोरुसिया डर्टमण्ड जर्मन बुन्डेसलिगा फुटबलमा वेर्डेर ब्रेमेनसँग ३-२ले पराजित भएको छ । शनिबार राति घरेलु मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा डर्टमण्ड पहिलो हार बेहोर्न बाध्य भयो ।

डर्टमण्डका जुलियनले ४५औं मिनेटमा अग्रता दिलाए । ७७औं मिनेटमा राफाएल गुइरेलोले गोल गर्दै २-० बनाए । तर, खेलको अन्तिम ११ मिनेट जोगिन नसक्दा डर्टमण्ड हार बेहोर्न बाध्य भयो ।

खेलको ८९औं मिनेटमा ली बुचाननले खेल २-१ को स्थितिमा ल्याए । यसपछी इन्जुरी समयमा निक्लास र ओलिभर बुर्केले गोल गर्दै ब्रेमेनलाई जित  दिलाए । हारसँगै डर्टमण्ड ६ अंक जोडेर सातौं स्थानमा छ । जितसँगै ब्रेमेनले ३ खेलमा ५ अंक जोडेर आठौं स्थानमा छ ।

यस्तै, अन्य खेलमा आरबी लाइपजिक युनिअन बर्लिनसँग २-१ ले स्तब्ध भयो । जितसँगै बर्लिन ७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।













0 प्रतिकृया