Follow us:


Follow us

९ असोज २०७९, आइतवार
९ असोज २०७९, आइतवार


हरितालिका तीज धुमधामका साथ मनाईदै (फाेटाे फिचर सहित)

एक्सन खबर
भदौ, १४, २०७९




हरितालिका तीज धुमधामका साथ मनाईदै (फाेटाे फिचर सहित)

काठमाडौं, १४ भदौ । हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आर्ईएको छ ।

भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगाँन गरी यो पर्व मनाईन्छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव पति पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने सांस्कृतिक तथा धार्मिक विश्वास छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् ।

आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेपछि अन्तत: उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको धार्मिक शास्त्रहरुमा उल्लेख छन् । सोही आधारमा हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाउने गरिन्छ ।

पशुपतिमा तीजकाे राैनक (फोटोफिचर)

आज पशुपतिमा भगवान शिवजीकाे दर्शन गर्न तथा नाचगान गर्न ब्रतालु महिला दिदिबहिनीकाे विशेष भिड हुने गर्दछ ।

हरितालिका तीजकाे अवसरमा आज विहानै देखि पाशुपत क्षेत्रमा राताे सारी र पहिरनमा सजिएका व्रतालु महिलाहरू सामुहिक रूपमा भेला भएर भगवान शिवजीकाे दर्शन गर्दै नाचगान तथा रमाइलाे गरिरहेका छन् ।






















0 प्रतिकृया