Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


सेनाको इन्जिनियरिङ शिक्षालयका शिक्षार्थीद्वारा नेकमा अध्ययन अवलोकन

एक्सन खबर


सेनाको इन्जिनियरिङ शिक्षालयका शिक्षार्थीद्वारा नेकमा अध्ययन अवलोकन

भक्तपुर, १५ भदौ । नेपाली सेनाले सञ्चालन गरिरहेको इन्जिनियरिङ तालिम शिक्षालयका २० जना शिक्षार्थीहरुले चाँगुनारायण नगरपालिका भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेज (नेक) को अध्ययन अवलोकन गरेका छन् ।

नेपाली सेनाले सञ्चालन गरेको इन्जिनियरिङ तालिम शिक्षालयमा रहेका शिक्षार्थीहरुलाई समयसमयमा नेकको स्थलगत अध्ययन अवलोकनका लागि पठाउने गरेको छ । सेनाको शिक्षालयले इन्जिनियरिङ अधिकृत तालिमका शिक्षार्थीहरुलाई हाइड्रोपावर । स्ट्रक्चर सम्बन्धी विषयमा अध्ययन अवलोकनका लागि कलेजमा पठाएको नेकका एशोसिएट प्रोफेसर मोहन ध्वज केसीले जानकारी दिए ।

उनका अनुसार सेनाको तालिम शिक्षालयबाट आएका २० जना शिक्षार्थीहरुलाई कलेजका राजमार्गका एशोसिएट प्रोफेसर केसी, हाइड्रोपावरका सहायक प्रोफेसर पिताम्बर वाग्ले, संरचनाका असिस्टेन्ट प्रोफेसर शुशिल अधिकारीले ल्याबमा प्रयोगात्मक प्रस्तुति गराएका थिए ।

सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेकमा इन्जिनियरिङ विषयमा अध्यापन गर्नेहरुका लागि सबै प्रकारका पूर्वाधार र प्रयोगात्मक विधि रहेकाले नेपाली सेनाले आफ्ना शिक्षार्थीहरुका लागि बेलाबेला भ्रमण गराउने गरेको छ ।
   


 















0 प्रतिकृया