Follow us:


Follow us

१२ असार २०८३, शुक्रवार
१२ असार २०८३, शुक्रवार


वीपी प्रतिष्ठानकी डा. खनाललाई राष्ट्रपतिबाट ‘वुमन इन मेडिसिन २०२२’ अवार्ड

एक्सन खबर


वीपी प्रतिष्ठानकी डा. खनाललाई राष्ट्रपतिबाट ‘वुमन इन मेडिसिन २०२२’ अवार्ड

सुनसरी, २० भदौ । नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै १५ महिला चिकित्सकलाई विशेष सम्मान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सितल निवासमा १५ जनालाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन । नेपाल मेडिकल एशाेसिएसनकाे आयाेजनामा कार्यक्रम भएकाे  हाे । नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदर स्वरुप अवार्ड प्रदान गरिएको हो ।

सोहि अनुसार माइक्रोबायोलोजीको क्षेत्रमा मोफसलमा रहेर लामो समयसम्म शिक्षा, अध्ययन, अनुसन्धान र चिकित्सा सेवामा गरेको योगदानलाइ कदर गर्दै प्रतिष्ठानकी माइक्रोबायोलोजी विभागकी प्राध्यापक डा. बसुधा खनाललाई राष्ट्रपतिबाट ‘वुमन इन मेडिसिन’बाट सम्मानित गरिएको छ ।

डा. खनालले धरानमा नै जन्मिएर विद्यालय र विश्वविद्यालयतर्फ आइ.एस्सि.सम्मको अध्ययन गरेकी हुन् । उनलाई तत्कालीन छात्रातर्फको उच्चतम अंक प्राप्त गरे वापत ऐश्वर्या विद्यापदक समेतबाट विभुषित गरिएको थियो । डा. खनालले नेपाल सरकारको छात्रवृित्त कार्यक्रम मार्फत पाकिस्तानबाट एमबिबिएस अध्ययन गरी आफ्नै जन्मभुमि धरानमा आएर प्रतिष्ठानको मेडिकल अफिसर पदमा सेवा सुरु गरेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले बताएका छन् ।
 
डा. खनालले प्रतिष्ठानको शिक्षक जनशक्ति बिकास कार्यक्रम मार्फत माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर गर्दा उनले गोल्ड मेडलसमेत प्राप्त गरेकी छन् । निरन्तर प्रतिष्ठानमा सेवारत रहँदै डा. खनालले प्राध्यापक तथा माइक्रोबायोलोजी बिभागको प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन् । सरल स्वभावकी धनी उनले प्राप्त गरेको सम्मानले प्रतिष्ठानको मात्र नभएर धरानकै सम्मान समेत भएको उनका सहकर्मिहरु बताउँछन् ।

डा. खनालले बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा चिकित्सा बिज्ञान सम्बन्धी सयौ लेख, रचना प्रकाशन गर्दै निरन्तर प्रतिष्ठानको बिकासमा योगदान दिँदै आएको तथा एक असल शिक्षकको रूपमा धेरै बिद्यार्थीहरुकी मार्गदर्शक समेत बनेको प्रतिष्ठानले जनाएको छ । उनले कालाजार, एन्टिबायोटिक प्रतिरोधात्मक क्षमताका ब्याक्टेरिया लगायतका क्षेत्रमा समेत अनुसन्धान गरेकी छन् । डा. खनाल नेपाल क्लिनिकल माइक्रोबायोलोजी एसोसिएसनको अध्यक्ष समेत हुन् ।














0 प्रतिकृया