Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


बहती पोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ९७२ जना बिरामी लाभान्वित

एक्सन खबर
भदौ, ३१, २०७९


बहती पोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ९७२ जना बिरामी लाभान्वित

काठमाडौं, ३१ भदौ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काठमाडौंको बहती पोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले जि.पी. फाउण्डेशन, कुमारी क्लब तथा इल्फा स्कुलसँगको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नं. १६ मा निःशुल्क स्वास्थ्य शिविर चलाएको हो ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा केएमसीका वरिष्ठ चिकित्सक तथा नर्सहरुले ९७२ जना बिरामीको स्वास्थ्य परीक्षण गरे । स्वास्थ्य शिविरमा आएका मध्ये १५२ जनाको इसिजी गरिएको थियो । भने, २१३ जनाको ल्याब परीक्षण तथा १९२ जनाको भिडियो एक्सरे गरिएको छ ।

यस्तै, निःशुल्क स्वास्थ्य परीक्षणमा आएका २२ जनाको दाँत खोलिएको तथा ३७ जनाको स्वास्थ्य परीक्षण पश्चात थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीले जनाएको छ ।

केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु गरेसँगै विपन्न, बालबालिका, महिला तथा जेष्ठनागरिकले आफ्नै गाउँघरमा दक्ष तथा वरिष्ठ चिकित्सकबाट स्वास्थ्य सेवा पाइरहेका छन् । डा. शर्माले निःशुल्क स्वास्थ्य शिविर जारी रहने बताएका छन् ।















0 प्रतिकृया