Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी

एक्सन खबर
असोज, ११, २०७९


बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडाैं, ११ असाेज । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३–१ गोलले विजयी भएको छ । दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गर्दा बङ्गलादेशका टुटुल हुसेनले सान्त्वना गोल फर्काए ।

कप्तान जमल भुयानले खेलको १७औँ मिनेटमा आर्कबाट हानेको फ्रीकिक क्रसबारमा लागेर बाहिरिएसँगै बङ्गलादेशले अग्रता लिने अवसर गुमाउँदा खेलको १८औँ मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै, खेलको २८औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता पनि दोब्बर पारे । अञ्जनले दिएको पासमा तेज तामाङले बक्सभित्रबाट गरेको प्रहार बङ्गलादेशका गोलकिपरले रोकेका थिए । उक्त रिबाउन्डबललाई पोष्ट नजिकै बाट प्रहार गर्दै गोल गरेका थिए ।

अञ्जनले ३८औँ मिनेटमा ह्याट्रिक पुरा गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । विशाल राईले प्रहार गरेको फ्रिकिमा पेनाल्टी एरियाभित्रबाट फ्री हेडरमार्फत अञ्जनले उत्कृष्ट गोल गरेका थिए ।

टुटुल हुसेनले ५७औँ मिनेटमा गोल गर्दै बङ्गलादेशका लागि सान्त्वना गोल गरे ।  पहिलो हाफमा बनाएको अग्रतालाई अन्त्यसम्म कायम राख्दै नेपालले उत्कृष्ट जित निकाल्यो । अञ्जनले आजको खेलमा ह्याट्रिक गरेसँगै अन्तर्राष्ट्रिय गोल संख्या १० पुर्‍याएका छन् ।













0 प्रतिकृया