Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


थारु समुदायका लागि सधै सहयोग गर्छु: डा. सुनिल शर्मा

एक्सन खबर
असोज, १८, २०७९


थारु समुदायका लागि सधै सहयोग गर्छु: डा. सुनिल शर्मा

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका लागि आफुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नोबेल अस्पतालको प्रायोजनमा सञ्चालित नोबेल मिस्टर एण्ड मिस थारु आइकनको विराटनगरमा आयोजित समापन कार्यक्रमलाई संवोधन गर्दै डा.शर्माले थारु समुदायको संस्कार, सस्कृतिको प्रवर्द्धनका लागि सधै सहयोग गर्ने बताएका हुन् ।

आफु थारु गाउँमै हुर्किएको स्मरण गर्दै डा.शर्माले थारु समुदायको संस्कार, सस्कृतिका बारेमा जानकार रहेको उल्लेख गरे । डा.शर्माले हरेक बर्ष मिस्टर एण्ड मिस थारु आइकनलाई नोबेल अस्पतालमार्फत प्रायोजन गर्दै आएका छन् । उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

थारु समुदायमा लुकेका प्रतिभाहरु रहेको भन्दै डा.शर्माले त्यस्ता प्रतिभाहरुलाई बाहिर ल्याउँन सदैव सहयोग गर्ने धारणा राखे । थारु आइकन जस्ता कार्यक्रमले यस्ता प्रतिभालाई उजागर गर्न सहयोग पुर्याउँने भएकाले आफुले कार्यक्रमलाई सहयोग गर्दै आएको उनले बताए ।

‘थारु समुदायमा पनि लुकेका प्रतिभा छन्, यस्ता कार्यक्रमले उनीहरुको प्रतिभा उजागर गर्न सहयोग गर्छ,’ डा.शर्माले भने, ‘थारु समुदायलाई सहयोग पुर्याउँनलाई मैले यो कार्यक्रममा सहयोग गर्दै आएको छु, आगामी दिनमा पनि यो सहयोग निरन्तर रहनेछ ।’ थारु आइकनको यो तेस्रो सिजन हो । तीन वटै सिजनलाई नोबेल अस्पताल मार्फत डा.शर्माले प्रायोजन गर्दै आएका छन् ।














0 प्रतिकृया