बुढानिलकण्ठको बालुवाखानीमा केएमसीको स्वास्थ्य परीक्षण
एक्सन खबर
काठमाडौं, २८ असोज । काठमाडौं मेडिकल कलेजले बुढालिकण्ठको बालुवाखानीमा निःशुल्क स्वास्थ्य परीक्षण गर्दा ८६३ जना बिरामी लाभान्वित भएका छन् । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले शुक्रबार बुढानिलकण्ठ नगरपालिका वडा नं. १० मा निःशुल्क स्वास्थ्य शिविर गरेको थियो ।
सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले जिपी फाउण्डेशनसँगको सहकार्यमा रिलायन्स स्कुलमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा १६२ जनाको इजिसी, २०३ जनाको ल्याब परीक्षण तथा १८९ जनाको युएसजी गरिएको केएमसीका जनरल मेजेनर नारायण दाहालले बताए ।
उक्त स्वास्थ्य शिविरमा आएका मध्ये ५२ जनाको दाँत खोलिएको थियो भने, ३७ जनाको स्वास्थ्य जाँचका क्रममा थप उपचार गर्नुपर्ने देखिएकोले उनीहरुलाई ओ.टी. रेफर गरिएको छ ।
केएमसीले डेढ वर्षयता लगातार गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर लैजाँदा आम सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको तथा स्वास्थ्य सचेतना समेत बृद्धि भएको केएमसीका कार्यकारी अध्यक्ष तथा समाजसेवी डा. सुनिल शर्माले बताएका छन् । केएमसीको यो अभियानलाई अझ तिब्रताका साथ अगाडी बढाउने डा. शर्माको योजना रहेको छ ।
0 प्रतिकृया