कांग्रेस परित्याग गरी सोनापुरका १६ जना युवा एमालेमा (फाेटाे फिचर)
एक्सन खबर
दुहवी ४, कात्तिक । सुनसरीको दुहवी ८ रानीगाउँ सोनापुरका १६ जना युवाहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज शुक्रबार नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार भगबती चौधरी तथा निर्वाचन परिचालन कमिटी सयोजक लिलम बस्नेतले कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्ने युवाहरुलाई खदा तथा अबिर लगाएर पार्टी प्रवेश गराए ।
कांग्रेस पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुमा नितेश कुमार चौधरी, चन्दन कुमार मण्डल, करण कुमार माझी, नरेश कुमार माझी, विजय शर्मा, सागर कुमार माझी रहेका छन् । यस्तैगरी, सोही स्थानका काशीराम थन्दार, सुमन थापा, सरोज थापा, पारस चौधरी, अनन्त चौधरी, श्रवण कुमार चौधरी, बिनय यादव, विशाल माझी, अजय चौधरी तथा रोहन चौधरी रहेका छन् ।
वर्षौंदेखि नेपाली कांग्रेसमा नेताहरुलाई साथ र सहयोग गरेपनि आफ्नो क्षेत्रको विकासमा कुनै काम नगरेको, युवाहरुलाई पार्टीमा अवसर नदिएको तथा भ्रष्टाचारमा लिप्त भएकोले एमालेले मात्रै युवा शक्तिहरुलाई अवसर दिने देखेर पार्टी परित्याग गरेको युवाहरुले बताए ।
नेतृ भगबती चौधरीले सुखी नेपाली समृद्ध नेपालको अभियानमा युवाशक्तिको महत्वपूर्ण भूमिका रहने बताउँदै पार्टीले युवाहरु भित्र रहेको क्षमता र योग्यताको कदर गर्दै अवसर दिने बताइन् । सुनसरी क्षेत्र नं. ३ लाई विकास गर्नका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको उल्लेख गर्दै मंसिर ४ गते आफुलाई जनताले अत्याधिक मत दिएर जिताउने पनि बताइन् ।
0 प्रतिकृया