काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, १४ कार्तिक । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ७ मा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९४३ जना विरामी लाभान्वित भएका छन् ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा आएका १९२ जनाको इसिजी, २०३ जनाको ल्याव परीक्षण, १८९ जनाको भिडियो एक्सरे गरिएको छ । यस्तै गरी, २५ जनाको दाँत खोलिँदा ३७ जनाको ओ.टी. रेफर गरिएको छ ।
समाजसेवी तथा नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेका केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले केएमसीको स्वास्थ्य सेवालाई आम जनता माझ पुर्याउन कुनै कसर नराखिने बताए । पछिल्लो समय केएमसीको स्वास्थ्य सेवालाई गुणस्तरीय पनि बनाउने कार्य भइरहेको डा. शर्माको भनाई छ ।
0 प्रतिकृया