म प्रदेश सभामा ताली बनाउन मात्रै जाँदिनः उमेश थापा
एक्सन खबर
धरान, २१ कार्तिक । आफू प्रदेशसभा ताली बजाउन मात्रै नजाने प्रदेशसभाका युवा उम्मेदवार उमेश थापाले स्पष्ट पारेका छन् । मंसिर ४ काे संसदीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नं १ (क)का प्रदेशसभा उम्मेदवार रहेका उनले धरान ख्रीस्टय समाजले आयोजना गरेको कार्यक्रममा यस्तो उद्घोष गरेका हुन् ।
निर्वाचनमा आफू विजयी भएर गए नीति निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने उनले बताए । ‘म निर्वाचित भएर प्रदेशसभा सदस्य बनेको खण्डमा ताली बजाउन मात्रै सभाहल छिर्ने छैन’ उनले भने, ‘नीति निर्माणको तहमा बसेर, प्रदेशलाई सुहाउँदो नीति बनाउन र त्यसलाई कार्यान्वयन गराउन मेरो महत्वपूर्ण भूमिका हुनेछ ।’
गठबन्धनका तर्फबाट चुनावी मैदानमा होमिएका उनले आफ्नो क्षेत्रमा चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । घरदैलो अभियानमा व्यस्त उनी आफ्नो क्षेत्रका मतदाताका घरआँगनमा पुगि समस्या सुन्ने र आफ्नो र पार्टीको एजेन्डा प्रस्तुत गरिरहेका छन् ।
समाजसेवा र राजनीतिसँगसँगै गर्दै आएका थापासँग वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्षसम्म प्रशासनिक कार्यानुभव र नेपाल रेडक्रस साेसाइटीमा समेत रहेर काम गरेकाे अनुभव छ ।
0 प्रतिकृया