Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


लक्ष्मीमार्गको खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने डा. शर्माको उद्घोष

एक्सन खबर
कार्तिक, २३, २०७९


लक्ष्मीमार्गको खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने डा. शर्माको उद्घोष

बेलबारी, २२, कार्तिक । बेलबारीको लक्ष्मीमार्गमा रहेको खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनाउन आफू लागि मोरङ क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेद्वार डा. सुनिल शर्माले बताएका छन् ।

सो खेल मैदानमा जारी पाँचौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको अन्तिम सेमीफाइनल प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै शर्माले खेल मैदानको स्तरोन्नतिको लागि आफूलाई मत दिन अनुरोध गरे ।

‘राज्यसत्तामा नपुगी यो सपना (खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने) पूरा हुने देखिएन,’ निवर्तमान सांसद तथा पूर्वमन्त्री भानुभक्त ढकालप्रति कटाक्ष गर्दै उनले भने, ‘सत्तामा जानेले गर्दिएन, त्यसैले आफैँ सत्तामा जानुपर्ने भयो ।’ यो सपना कुनै दिन पूरा हुने आफूले विश्वास लिएको उनले बताए ।  

फुटबल प्रतियोगितामा राजनीतिक गफ गर्न नमिल्ने भन्दै आफूलाई मत दिएर विजयी बनाउन अनुरोध गर्दै उनले २ मिनेटमै आफ्नो भाषण सकेका थिए ।














0 प्रतिकृया