Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


संविधानको रक्षार्थ पहिलो पटक रुखमा भोट हाल्दै होमनाथ शर्मा

एक्सन खबर
कार्तिक, २५, २०७९


संविधानको रक्षार्थ पहिलो पटक रुखमा भोट हाल्दै होमनाथ शर्मा

विराटचोक, २५ कार्तिक । सुन्दरहरैंचा–१० का होमनाथ शर्मा जमरकट्टेल यस पटक लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वारलाई मत दिएर जिताउने पक्षमा छन् । गठबन्धनले संविधान बचाउनुका साथै लिम्पियाधुरा र लिपुलेकको संरक्षण गर्ने देखिएकाले लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा आफू उभिएको उनको भनाइ थियो ।

यसका साथै गठबन्धनका सर्वसम्मत प्रतिनिधिसभा उम्मेदवार डा. सुनिल शर्माको स्वास्थ्य सेवा र समाजसेवाबाट आफु अत्याधिक प्रभावित भएर योपटक भोट हाल्न लागेको बताए ।

मोरङको बेलबारीमा आयोजित कोणसभामा सहभागी हुन पुगेका उनले ओलीले मोदीसँग साँठगाँठ गरेर नै नाकाबन्दी गर्न लगाएजस्तो आफूलाई लागेको भनी शंका व्यक्त गरे । ओलीबाट नेपाली जनताले कुनै पनि आश नगरे हुने उनको भनाई छ । ओलीको घमण्ड चकनाचुर पारेर धुलो नचटाएसम्म एमाले नसच्चिने उनको दावी छ ।

डा. सुनिल शर्मालाई आफूले भर्खर चिन्न थालेको र उनका कामदेखि आफू प्रभावित भएको जमरकट्टेलले बताए । जनताको सेवा गर्नुपर्छ भन्ने परोपकारी भाव देखिएको व्यक्ति शर्मा भएको आफूले पाएको र गठबन्धन पक्षधर भएकाले यसपटक डा. शर्मालाई भोट दिने अठोट गरेको उनले सुनाए ।

मोरङ क्षेत्र नं. ३ मा डा. सुनिल शर्माप्रति आकर्षण बढ्दो छ । समाजसेवा र स्वास्थ्य सेवा मार्फत नाम कमाएका डा. शर्मालाई एक पटक जिताएर पठाउन पाए केही नभएपनि आफ्नो क्षेत्रका जनताको स्वास्थ्य प्रति धेरै काम गर्न सक्ने मतदाताको विस्वास छ । डा. सुनिल शर्मा मंसिर ४ पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भए शक्तिशाली मन्त्री बन्ने हैसियतमा भएकाले मतदाताहरु उत्साहित छन् ।














0 प्रतिकृया