Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


मोरङ क्षेत्र नम्बर ३ का एमाले क्षेत्रीय सदस्य नेपाली कांग्रेसमा

एक्सन खबर
कार्तिक, ३०, २०७९


मोरङ क्षेत्र नम्बर ३ का  एमाले क्षेत्रीय सदस्य नेपाली कांग्रेसमा

पथरी, ३० कार्तिक । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ । प्रतिनिधिसभाको निर्वाचनमा यस क्षेत्रले डाक्टर सुनिल शर्मालाई उम्मेद्वार बनाएसँगै नेपाली कांग्रेस प्रवेशको लहर चलेको स्थानीय बताउँछन् ।

यसै क्रममा नेकपा एमालेका क्षेत्रीय सदस्य समेत रहेका युवा नेता जीवन कट्वाल नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनलाई नेपाली कांग्रेसका नेता तथा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार डाक्टर सुनिल शर्माले पार्टीमा स्वागत गरेका हुन् ।

पथरीशनिश्चरे वडा नं १० निवासी कट्वाल विभिन्न संघसंस्थाको नेतृत्व गरी स्थानीय स्तरमा परिचित छन् । पथरी जेसिजको अध्यक्ष, जालपा आधारभूत विद्यालय पथरीशनिश्चरे १० को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, डाँस मोरङगी सामुदायिक वनको अध्यक्ष, नवसृजना सहकारीको उपाध्यक्ष लगायत विभिन्न संघसंस्थामा रहेर उनले आफ्नो नेतृत्व कौशल प्रदर्शन गरिसकेका छन् ।

उनको पार्टी प्रवेशसँगै डा. सुनिल शर्माको पक्षमा थप जनमत बढ्ने विश्वास नेपाली कांग्रेसले गरेको छ । डा. शर्मालाई जिताउन बाम लोकतान्त्रिक गठबन्धनसँगै वर्षौंदेखि नेकपा एमालेलेलाई भोट दिएकाहरु समेत जुटेका छन् ।













0 प्रतिकृया