Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


डा. शर्माको उद्घोषः चुनाव जितेपछि माओवादीको अध्यक्षतामा सचिवालय

एक्सन खबर
कार्तिक, ३०, २०७९


डा. शर्माको उद्घोषः चुनाव जितेपछि माओवादीको अध्यक्षतामा सचिवालय

बेलबारी, ३० कार्तिक । मोरङ क्षेत्र नम्बर ३ मा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्माले चुनाव जितेपछि सचिवालय बनाएर जनताका गुनासा सुनेर काम गर्ने बताएका छन् । शर्माले हरेक चुनावी कोणसभामा यस्तो बताउने गरेका छन् ।   

सो सचिवालय नेकपा माओवादी केन्द्रका बेलबारी नगर इन्चार्ज तिलक राईलाई सचिवालयको अध्यक्ष बनाउने शर्माले बताए । ‘चुनाव जितेपछि क्षेत्र नम्बर ३ मा रहेका जनताको समस्या सुन्न क्षेत्र नम्बर ३ का सबै सांसद सम्मिलित सचिवालय बनाइनेछ’, पायक पर्ने स्थानमा राखिने सो सचिवालयमा क्षेत्रवासीले गुनासा टिपाउन सक्ने भन्दै उनले भने, ‘मोरङ क्षेत्र नम्बर ३ मा अहिलेको गठबन्धनमा प्रत्यक्षतर्फ उम्मेद्वार नपाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष तिलक राईलाई सचिवालयको अध्यक्ष बनाइनेछ ।’

यसरी सचिवालयमार्फत् काम गर्न थालेपछि जनताका समस्या सुन्न सहज हुने र समानुपातिक ढङ्गले विकास हुनेमा आफू विश्वस्त रहेको शर्माले बताए ।   













0 प्रतिकृया