Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


राजनीतिक पूर्वाग्रह राखेर मतदान गर्दा अन्याय हुने डा. शर्माकाे भनाई

एक्सन खबर
मंसिर, १, २०७९


राजनीतिक पूर्वाग्रह राखेर मतदान गर्दा अन्याय हुने  डा. शर्माकाे भनाई

माेरङ, १ कार्तिक । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले मतदाताले राजनीतिक पूर्वाग्रह राखेर मतदान गरे आफूलाई अन्याय हुने बताएका छन् ।

मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका लागि घरदैलो अभियानमा रहेका डा. शर्माले आफूले लामो समयदेखि दलीय आस्थाका आधारमा भेदभाव नगरी समान रुपमा सेवा गरेकाले मतदाताले पनि दलीय आस्था थाति राखेर आफूलाई मत दिनुपर्ने बताएका हुन् ।

लामो समयदेखि कम्युनिस्टको लालकिल्ला मानिँदै आएको यस क्षेत्रमा मतदाताको दलप्रतिको अन्धभक्तिकै कारण २०७४ सालको आम निर्वाचनमा गलत उम्मेदवारले नेतृत्व हत्याएको बताउँदै उनले यस पटक भने मतदाताले विवेक प्रयोग गरी काम गर्ने उम्मेदवारलाई नेतृत्वमा पुर्याउने विश्वास व्यक्त गरे ।

मतदाताको कम्युनिस्ट पार्टी प्रतिको आस्थालाई भजाएर बाहिरबाट आएका पर्यटक उम्मेदवार नेकपा एमालेका भानुभक्त ढकालले मत पाएर सांसद हुँदै मन्त्री बनेर पनि स्थानीय स्तरमा कुनैपनि विकासको प्रतिफल नदेखिएको हँदा मतदाताले स्थानीयका पीरमर्का बुझ्न सक्ने रैथाने उम्मेदवारलाई नेतृत्वमा पुर्याउनुपर्ने उनको भनाइ थियो ।

चुनाव जितेका उम्मेदवार ढकाल मन्त्री हुँदासमेत कोरोना कालमा स्वास्थ्य सामग्री खरिदमा घोटाला गरेर बसेकोमा आफूले भने घरघरमा एम्बुलेन्स लिएर बिरामीको उद्धार गरेकाले सत्कर्मको प्रतिफल मतपत्रबाट जनताले आफूलाई दिने विश्वास डा.  शर्माले व्यक्त गरेका छन् ।

आफूले निर्वाचन जितेमा मतपरिणाम आएको ७२ घण्टाभित्र ५० शैयाको केविन पाँच वर्षका लागि निःशुल्क उपचारका लागि सञ्चालन गर्ने उद्घोषसमेत डा.शर्माले गरेका छन् । यसका अतिरिक्त किसान तथा विपन्न सुकुम्बासीहरुको समस्यालाई मध्यनजर गर्दै तटबन्धन र कुलो निर्माणको कार्यलाई पहिलो प्राथमिकता दिनेसमेत उनले उल्लेख गरेका छन् ।

थारु बस्तीहरुलाई होमस्टेका रुपमा विकास गर्ने तथा सिमसार क्षेत्रहरुलाई पिकनिक स्पट बनाई पर्यटन प्रर्वर्द्धन गर्ने प्रतिबद्धता डा.शर्माले व्यक्त गरेका छन् । स्थानीय स्तरको गुनासो सम्बोधन तथा विकास निर्माणका गतिविधिको नियमनका लागि गठबन्धनमा आबद्ध सातै जना जनप्रतिनिधि सम्मिलित सचिवालय स्थापना गरी त्यसको सम्पर्क कार्यालय स्थानीय स्तरमै सञ्चालन गर्ने डा.शर्माको रणनीति रहेको छ ।

यस पटकको निर्वाचनमा डा.शर्माको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालसँग रहेको छ । उता, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपाली चलचित्र अभिनेत्री रेखा थापालाई प्रतिस्पर्धामा उतारेको छ ।













0 प्रतिकृया