साईवर क्राईम मुद्दामा रेडियो नेपालका पत्रकार पक्राउ
एक्सन खबर
उदयपुर, ११ मंसिर । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई साईवर क्राईम मुद्दामा पक्राउ परेका छन् । एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा सामग्री बनाई युट्युव लगाएत सामाजिक सञ्जालमा हालेको अभियोगमा राईलाई उदयपुर प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।
पीडित महिलाको उजुरी तथा काठमाडाैं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीको आधारमा राईलाई पक्राउ गरिएको उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए ।
एसपी फुयालका अनुसार राईले गत साउनमा आफ्नो युट्युब च्यानलबाट एक महिलाको चरित्र हत्या र सामाजिक नैतिकता विरुद्धको कार्य गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरि साईबर व्यूरो काठमाडौं पठाईएको छ ।
शनिबार साँझ उदयपुर सदरमुकाम गाईघाटबाट पक्राउ परेका राईलाई आईतबार काठमाडाैं जिल्ला अदालतमा उपस्थित गराईने प्रहरीले जनाएको छ । राई रेडियो नेपाल उदयपुर संवाददाता, प्रेस सेन्टरका प्रदेश सचिव र फोटो पत्रकार महासंघको केन्द्रीय सचिवको जिम्मेवारीमा छन् ।
0 प्रतिकृया