Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


प्रतिनिधि सभा तथा प्रदेश सभाका विजयी उम्मेदवारलाई प्रमाणपत्र

एक्सन खबर
मंसिर, १४, २०७९


प्रतिनिधि सभा तथा प्रदेश सभाका विजयी उम्मेदवारलाई प्रमाणपत्र

दुहवी, १४ मंसिर । निर्वाचन अधिकृतको कार्यालय सुनसरी क्षेत्र नं. ३ ले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदमा विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरेको छ । आज दुहवीस्थित निर्वाचन अधिकृतको कार्यालयमा आयोजित समारोहमा प्रमुख निर्वाचन अधिकृत उमाकान्त पौडेलले प्रतिनिधि सभाकी विजयी उम्मेदवार भगबती चौधरी, प्रदेश सभा १ र २ का विजयी उम्मेदवार रोहीत बहादुर कार्की र रामदेव यादवलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

सो अवसरमा बोल्दै प्रतिनिधि सभा विजयी उम्मेदवार भगबती चौधरीले निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा गराउन सफल निर्वाचन आयोगका कर्मचारी, सुरक्षा निकाय र मतदातालाई धन्यवाद दिँदै आफु सुनसरी क्षेत्र नं. ३ को विकास र समृद्धिमा लागि पर्ने बताइन् । सुनसरी क्षेत्र नं. ३ का जनताको समृद्धिकै लागि आफु राजनीतिमा लागेको बताउँदै जनताका समस्याहरु समाधान गर्न प्रतिबद्ध रहेको जनाइन् ।

कार्यक्रममा प्रदेश सभा २ तर्फका नेपाली कांग्रेसका प्रत्यासी उम्मेदवार विन्देश्वर यादव, माओवादी केन्द्रका नेता तथा स्थानीय जनताहरुको उपस्थिति रहेको थियो ।

गच्छदारले देखाएनन् राजनीतिक संस्कार

नेपाली राजनीतिमा मात्र हैन विश्व राजनीतिमै प्रायः विजयी उम्मेदवारलाई प्रत्यासी उम्मेदवारले भेट गरेर बधाई तथा शुभकामना दिने प्रचलन छ । तर, नेपाली कांग्रेसका उम्मेदवार पूर्वउपप्रधानमन्त्री बिजय गच्छदारले भगबती चौधरीलाई नत बधाई दिए, नत शुभकामना नै ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवारको नाम सार्वजनिक गर्दा र विजयी उम्मेदवारलाई माला पहिर्याउँदा गच्छदार अनुपस्थित रहे । आज अपरान्ह आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा आउँछन् कि भन्ने थियो । तर, गच्छदार अनुपस्थित रहे ।

विजयी प्रत्यासी उम्मेदवारलाई गच्छदारले शुभकामना नदिएकोमा स्थानीय जनताले निको मानेनन् । ‘निर्वाचनको प्रतिष्पर्धा एक ठाउँमा होला तर, जित्नेलाई हार्नेले शुभकामना दिन सक्नुपर्दथ्यो । उहाँमा राजनीतिक संस्कार नै रहेनछ ।’ प्रमाणपत्र वितरण कार्यक्रममा सहभागी एक स्थानीयले भने ।

त्यसो त गच्छदारले चौधरीलाई फोनै बाट पनि बधाई दिन सक्थे, सामाजिक सञ्जालमा लेख्न सक्थे । तर, आजका दिनसम्म उनले त्यसो पनि गर्न सकेका छैनन् ।
















0 प्रतिकृया