Follow us:


Follow us

१६ माघ २०७९, सोमवार
१६ माघ २०७९, सोमवार


फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पौडेल

एक्सन खबर
मंसिर, १५, २०७९


फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पौडेल

सुनसरी, १५ मंसिर । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा केशबराज पौडेल नियुक्त भएका छन् । संस्थाकी अध्यक्ष भगबती चौधरीले राजिनामा दिएपछि मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

सञ्चालक समितिको १२९ औं बैठकले संस्थाका सञ्चालक पौडेललाई अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको कम्पनी सचिव कृष्ण प्रसाद भट्टराईले जनाएका छन् ।

यसअघि संस्थाकी अध्यक्ष भगबती चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि नयाँ अध्यक्ष चयन गरिएको हो । नेकपा (एमाले) की नेतृ चौधरीले मंसिर ४ गते सम्पन्न निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतका साथ विजयी भएकी छिन् ।













0 प्रतिकृया