भगबती चौधरी एमालेबाट निर्वाचित हुने प्रदेशकै एक्ली महिला
सुनसरी, २१ मंसिर । प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेकी केन्द्रीय सदस्य भगबती चौधरी प्रदेश १ कै एक मात्र निर्वाचित महिला उम्मेदवार बनेकी छिन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसका बिजयकुमार गच्छदारलाई ५ हजार बढी मतले पराजित गर्ने चौधरी प्रदेश १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमालेकी एक्ली महिला सांसद बनेकी हुन् ।
प्रतिनिधि सभातर्फ एमालेले ४४ सिट जित्दा ६ जना महिला उम्मेदवार निर्वाचित भएकोमा प्रदेश १ बाट भगबती चौधरी एक्ली महिला सांसद बनेकी हुन् । उनले गच्छदारलाई तेश्रो पटकको प्रयासमा पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन् । नेतृ चौधरीले यसअघि ०७४ र ०७० सालको निर्वाचनमा गच्छदारसँग नै प्रतिष्पर्धा गरेकी थिइन् ।
सुनसरी क्षेत्र नं. ३ बाट प्रतिष्पर्धा गरेकी चौधरीले ४० हजार ७८८ मत प्राप्त गर्दा गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरेका थिए । समाज सेवा, महिला सशक्तिकरण, लघुवित्त कार्यक्रम सँगै २०५८ सालदेखि अनवरत राजनीतिमा सक्रिय चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास गर्दै जनताको जिवनस्तर उकास्न काम गर्ने बताइरहेकी छिन् ।
जिल्लाकै पिडछिएको क्षेत्रका रुपमा रहेको यो क्षेत्रमा गच्छदारले लगातार ६ पटक चुनाब जित्दै १३ पटक मन्त्री भएको इतिहास छ । ३१ वर्षसम्म लगातार सत्ता र शक्तिको वरीपरी रहेका उनले आफ्नो क्षेत्रको विकासका लागि ठोस काम नगरेको आरोप खेप्दै आएका थिए । गच्छदारले ३१ वर्ष केही नगरेपछि चौधरीलाई आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्ने गरी काम गर्नुपर्ने चुनौति छ ।
पछिल्लो समय चर्चित ललिता निवास सरकारी जग्गा व्यक्तिलाई विक्रि गरेको भ्रष्टाचार काण्डका प्रमुख आरोपको सामना गरिरहेका छन् । चौधरीको जितसँगै क्षेत्रमा गच्छदारको राजनीति समाप्त भएको अनुमान छ ।
एमालेले प्रत्यक्षमा १२ जना महिला उम्मेदवार उठाएकाे थियाे । याे पटक एमालेका प्रभावशाली महिला नेताहरू पराजित भए । एमाले सचिव पद्मा अर्याल, शान्ता चाैधरी, निरूदेवी पाल, काेमल वली, बागी उम्मेदवार गंगा चाैधरी, मन्जु कुमारी चाैधरी, सिन्धु जलेशा बुढाथोकी पराजित भए ।
एमालेमा चाैधरीसँगै ज्वालाकुमारी साह, जुलीकुमारी महताे, लक्ष्मी महताे, विद्या भट्टराई, तारा लामा तामाङ विजयी भएका छन् ।
यी हुन् एमालेबाट प्रत्यक्षमा निर्वाचित ४४ सांसद
१. ताप्लेजुङ – योगेश भट्टराई
२. पाँचथर – वसन्तकुमार नेम्वाङ
३. इलाम–१ महेश बस्नेत
४. इलाम–२ सुवास नेम्वाङ
५. झापा–२ देवराज घिमिरे
६. झापा–४ एलपी साँवा लिम्बू
७. झापा–५ केपी शर्मा ओली
८. मोरङ–२ ऋषिकेश पोखरेल
९. धनकुटा राजेन्द्र राई
१०. सुनसरी–२ भीमप्रसाद आचार्य
११.सुनसरी–३ भगवती चौधरी
१२.सोलुखुम्बु मानवीर राई
१३.उदयपुर–२ अम्बरबहादुर रायमाझी
१४.सिरहा–१ रामशंकर यादव
१५.सिरहा–३ लीलानाथ श्रेष्ठ
१६.बारा–१ अच्युत मैनाली
१७.बारा–३ ज्वालाकुमारी शाह
१८.धनुषा–३ जुलीकुमारी महतो
१९.धनुषा–४ रघुवीर महासेठ
२०.सर्लाही–३ हरिप्रसाद उप्रेती
२१.पर्सा–३ राजकुमार गुप्ता
२२.महोत्तरी–१ लक्ष्मी महतो
२३. काभ्रे–२ गोकुल बाँस्कोटा
२४.मकवानपुर–२ महेशकुमार बर्ताैला
२५.ललितपुर–२ प्रेमबहादुर महर्जन
२६.काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ
२७.कास्की–१ मनबहादुर गुरुङ
२८.कास्की–२ विद्या भट्टराई
२९.कास्की–३ दामोदर पौडेल
३०. पर्वत – पदम गिरी
३१. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
३२.पाल्पा–१ नारायण आचार्य
३३.पाल्पा–२ ठाकुर गैरे
३४. रुपन्देही–१ छविलाल विश्वकर्मा
३५. रुपन्देही–२ विष्णु पौडेल
३६. रुपन्देही–५ वासुदेव घिमिरे
३७. कपिलवस्तु–१ बलराम अधिकारी
३८. कपिलवस्तु–३ मंगलप्रसाद गुप्ता
३९. अर्घाखाँची – टोपबहादुर रायमाझी
४०. गुल्मी–२ गोकर्ण विष्ट
४१. प्युठान – सूर्य थापा
४२. बाँके–१ सूर्यप्रसाद ढकाल
४३. बैतडी – दामोदर भण्डारी
४४. कञ्चनपुर–१ तारा लामा तामाङ
0 प्रतिकृया