Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


झापाको बुद्धशान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
मंसिर, २४, २०७९


झापाको बुद्धशान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापा, २४ मंसिर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको बुद्धशान्ति गाउँपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय गणेश माध्यमिक विद्यालयसँग सहकार्य गरेर विद्यालय परिषरमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ६ सय ५३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ९२ जनाको भिडियो एक्सरे, १ सय ८९ जनाको रक्त परीक्षण र १ सय ४२ जनाको मुटुको जाँच इसीजी गरिएको छ । शिविरमा नोबेलका विशेषज्ञ डाक्टरहरुको टोलीले विरामीको जाँच गरेको थियो ।

ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । सांसदसमेत रहेका नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको योजना अनुरुप नोबेलले बर्षौ अघिदेखि नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।   














0 प्रतिकृया