Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


कतार विश्वकपः माेरक्काेसँग पाेर्चुगल स्तब्ध

एजेन्सी
मंसिर, २४, २०७९


कतार विश्वकपः  माेरक्काेसँग पाेर्चुगल स्तब्ध

एजेन्सी । कतार विश्वकप २०२२ अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को पहिलाे पटक सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा शनिबार सम्पन्न खेलमा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गरेकाे हाे । याेसँगै माेरक्काे फिफा विश्वकपकाे अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र पनि बनेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गर्दा बल पोजिसनमा पोर्चुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा बढि जाेड दिँदा ४२ औं  मिनेटमा युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो ।

पोर्चुगलले आक्रमक परिवर्तन गर्ने क्रममा क्रिस्टियानो रोनाल्डो र जोआओ क्यान्सेलोलाई मैदान प्रवेश गराएपछि लगातार आक्रमक फुटवल खेलेपनि गाेल गर्न सफल हुन सकेन । याे पराजयसँगै रोनाल्डोकाे विश्वकप जित्ने सपना अधुरै रह्याे । ३७ वर्षीय रोनाल्डो उमेरका कारण अर्काे विश्वकप खेल्ने छैनन् ।

यस जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । चौथो क्वाटरफाइनल आज मध्यरात १२:४५ बजे हुनेछ । अर्को सेमिफाइनल खेल क्रोएसिया र अर्जेन्टिना विच हुनेछ ।














0 प्रतिकृया