Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


चुनावी बाचा पुरा गर्दै सांसद शर्माः विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग

एक्सन खबर
मंसिर, २६, २०७९


चुनावी बाचा पुरा गर्दै सांसद शर्माः विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग

माेरङ, २६ मंसिर । मोरङको सुन्दरहरैंचा ९ स्थित राम आधारभूत विद्यालयको अवस्था दयनीय देखेपछि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भारी मतले जित हासिल गरेका डा. सुनिल शर्माले अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पाेशाक वितरण गरेका छन् ।

निर्वाचन प्रचार प्रसारकै क्रममा सामुदायिक विद्यालयकाे भौतिक, शैक्षिक अवस्था दयनिय देखेपछि लगत्तै विद्यालय प्रशासनसँग भेट गरी  निर्वाचन जिते पनि नजिते पनि विद्यालयको शैक्षिक स्तर उकास्न सहयोग गर्ने प्रतिबद्धता जनाएका डा. शर्माले त्यहाँ अध्ययनरत १६९ बालबालिकालाई न्यानो कपडाको सेट, शैक्षिक सामग्री, कार्पेट गरी करिब ३ लाख रूपैंया बराबरकाे सहयाेग प्रदान गरेका हुन् ।

विद्यालयमा आयाेजित एक कार्यक्रममा  डा. शर्माको परिवारको तर्फबाट पिता लोकनाथ न्यौपाने तथा आमा हुमादेवि न्यौपाने, काका घनेन्द्र न्यौपानेले विद्यार्थीहरूलाई शैक्षिक सामग्री, जाडाेकाे कपडा तथा विद्यालयलाई कार्पेट पनि प्रदान गरे । डा. शर्मा र उनको परिवारले त्यहाँ अध्ययनरत १६९ बालबालिकालाई न्यानो कपडाको सेट, स्टेशनरी र साना कक्षाका बालबालिकालाई बसाईमा सहज गराउन तीन ओटा कक्षाकोठामा फर्मसहितको स्तरीय कार्पेटिङको व्यवस्था गरेकाे हाे ।

विद्यालयका प्रधानाध्यापक दिलकुमार श्रेष्ठले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण विस्तार गर्न डा. शर्माकाे परिवार समक्ष पहल गरिदिन आग्रह गर्दा डा. शर्माको परिवारको तर्फबाट पिता लोकनाथ न्यौपाने तथा आमा हुमादेवि न्यौपानेले भवन तथा शैक्षिक गुणस्तर विस्तारका लागि पहल रहने प्रतिवद्धता जनाए ।

सामुदायिक विद्यालय सुधार अभियानका श्रीमन्त भट्टराईले समाजका सचेत, शिक्षित र सम्पन्न व्यक्तिले विद्यालय सुधारको लागि पहल गर्नु सकारात्मक रहेको बताउँदै सामुदायिक विद्यालय सुधार हुन समाज पनि सकृय रहनु अनिवार्य रहेको बताए । विद्यालय प्रशासनले १०–४ को जागीरे मानसिकता त्यागेर जिम्मेवारी पुरा गरेमा समाज विद्यालयसँग जोडिन तयार रहने पनि जनाए ।

वडा नं. ९ का वडाध्यक्ष राजु श्रेष्ठले विद्यालयको सुधारका लागि आफ्नो तर्फबाट पहल र सहयोग रहने प्रतिवद्धता जनाए । कार्यक्रमको सहजिकरण गर्ने स्थानीय शंकर दाहालले विद्यालयको सुधार र सहयोगको लागि आफ्नो निरन्तर पहल र खबरदारी रहने बताए ।

निर्वाचन अघि त्यस क्षेत्रका विपन्न र अशक्तलाई नोबेल मेडिकल कलेजमा पूर्ण निःशुल्क उपचारको व्यवस्था गरेका डा. शर्माले आफ्नाे क्षेत्रका सामुदायिक विद्यालयहरूकाे शैक्षिक स्तर सुधार्ने घाेषणा गरेका थिए । यस्तै डा. शर्माले नाेबेल शिक्षण अस्पताल मार्फत गाउँगाउँमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै पैसा नभएर उपचार बाट बञ्चित नागरिककाे बाँच्न पाउने अधिकारकाे समेत संरक्षण गर्दै आइरहेका छन् ।















0 प्रतिकृया