माैसमः तराईमा हुस्सु, प्रदेश १ र बागमती प्रदेशमा आंशिक बदली
एक्सन खबर
काठमाडाैं २९ मंसिर । जल तथा मौसम विज्ञान विभागले हाल तराई भू–भागको केही स्थानहरुमा हुस्सु/कुहिरो लाग्नुको साथै देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
विभागका अनुसार आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र वागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
0 प्रतिकृया