Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


धरानका मेयरले अपमान जनक शब्द बाेलेकाे भन्दै कार्यपालिका बैठक बसेन

एक्सन खबर
मंसिर, २९, २०७९


धरानका मेयरले अपमान जनक शब्द बाेलेकाे भन्दै कार्यपालिका बैठक बसेन

सुनसरी, २९ मंसिर । सुनसरीकाे धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएकाे छ । मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरु बैठकमा सहभागी नहुने सदस्यहरूले भनेपछि बैठक बस्न नसकेकाे हाे ।

बिहिबार बिहान ८ बजे बोलाइएको बैठकमा वडा नं १७ का वडाध्यक्ष सुर्यबहादुर भट्टराई, वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १८ का नरेन्द्रकुमार राई र वडा नं ६ का भुपेन्द्र भट्टराई मात्र सहभागी थिए । बैठकमा कार्यपालिका सदस्य दिनेश गजमेर र वडा नं १४ बाट प्रतिनिधि भएर आएकी झरना सुनुवार केहीबेर मात्र बसे ।

गजमेर र सुनुवार बाहिरिएपछि बैठकमा ४ जना वडाध्यक्षहरु मात्र रहेका थिए । मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरु बैठकमा सहभागी नहुने कार्यपालिका सदस्यहरुको तर्फबाट वडा १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता भट्टराईले बताए ।

मेयरले आफ्नो गल्ती स्वीकार गर्ने भन्दा पनि तोकआदेशको भरमा नगर चलाउछुँ भन्दै कार्यपालिका सदस्यहरु धरान बिगार्न आएको भन्ने भ्रम फैलाइरहेकोले साेकाे विराेधमा पनि बैठकमा सहभागी नहुने बताए ।

मेयर साम्पाङले आफुले माफी माग्नुपर्ने गरि केही नबोलेको भन्दै माफी नमाग्ने अडान राख्दा उपमेयर अइन्द्रबिक्रम बेघाले मेयर र वडाध्यक्षहरुकाे अडानले धरान अनिर्णयको बन्दी हुने र जनताको मुद्दाहरु ओझेल पर्ने बताए ।

आजकाे बैठकमा नगर सभाको मिति तोक्ने, धरान डे तथा ईष्ट टुरिजम मार्ट मनाउने, बाटोको नामाकरण, ल्याव सामाग्रीको दररेट, कृषी क्षेत्र कायम गर्ने, बहु संस्कृतिक पार्क निर्माण गर्ने विषय रहेका मेयर साम्पाङले जनाएका थिए ।













0 प्रतिकृया