विश्वकपमा क्रोएसियालाई तेस्रो स्थान
एक्सन खबर
काठमाडौं, ३ पुस । कतार विश्वकपमा क्रोएसियाले तेश्राे स्थान हासिल गरेकाे छ । मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २-१ गोलअन्तरले पराजित गर्दै तेश्राे स्थान हासिल गरेकाे हाे ।
क्रोएसिया चार वर्षअघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो । क्रोएसियाले सन् १९९८ मा विश्वकपमा डेब्यू गरेकाे थियाे ।
खेलकाे सातौं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अग्रता बनाए पनि माेरक्काेका अचरफ दारीले दुई मिनेटभित्रै क्लोज रेन्जबाट गोल गरी खेल बराबरीमा ल्याए ।
मिस्लाभ ओर्सिचले पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि शानदार गोल गरी क्रोएसियालाई अग्रता दिलाए । त्यसपछि कुनै गाेल हुन सकेन । मोरक्कोले खेलमा बराबरीका लागि केही राम्रा अवसर पाएपनि उपयोग गर्न सकेन ।
विश्वकपको फाइनल खेल साविक विजेता फ्रान्स र लियोनल मेस्सीको टिम अर्जेन्टिना विच लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।
0 प्रतिकृया