Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


आगलागी पिडितलाई राहत, क्षतिपुर्ती उपलब्ध गराउन चौधरीको माग

एक्सन खबर
पौष, ४, २०७९


आगलागी पिडितलाई राहत, क्षतिपुर्ती उपलब्ध गराउन चौधरीको माग

काठमाडौं, ४ पुष । नेकपा एमालेकी नेतृ भगबती चौधरीले सुनसरीको दुहवी नगरपालिका वडा नं. ९ स्थित छातावेलीमा आगलागीबाट ५ घर नष्ट भएको घटनाले आफु मर्माहत भएको जनाउँदै पिडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेकी छिन् ।

सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेतृ चौधरीले आगलागीबाट ५ घर तथा लाखौंको धनमाल नष्ट भएको प्रति दुखः प्रकट गर्दै स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसँग तत्काल पिडित परिवारलाई राहत उपलब्ध गराउँदै पुर्नस्थापनाका लागि माग गरेकी हुन् ।

गएको पुष २ गते छातावेली (दुई तोलिया) मा आगलागी भई ५ वटा घर जलेर नष्ट भएको तथा लाखौंको धनमाल नष्ट भएको थियो । ‘यस घटनामा परी घर तथा लाखौंको धनमाल नष्ट भएकाले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग पिडित परिवारलाई तत्काल राहत पुर्नस्थापना उपलब्ध गराउन जोडदार माग गर्दछु ।’ चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, उनले उक्त विपत्तिबाट पिडित जनतालाई धैर्य धारण गर्न, हतोत्साहित नहुन आग्रह गर्दै व्यक्तिगत तवरबाट जस्तो सुकै सहयोग गर्न तत्पर रहेको जानकारी पनि गराएकी छिन् । कार्य व्यस्तताले काठमाडौंमा रहेकी चौधरीले केही दिनमै स्थलगत निरीक्षण, अनुगमन गर्न आउने समेत स्थानीय जनतालाई जानकारी गराएकी छिन् ।  
















0 प्रतिकृया