Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


एमफानद्वारा भगबती चौधरीलाई सम्मान

एक्सन खबर
पौष, ६, २०७९


एमफानद्वारा भगबती चौधरीलाई सम्मान

काठमाडौं, ६ पुस । मंसिर ४ गते सम्पन्न निर्वाचनमा भारी मतसहित निर्वाचित नेकपा एमालेकी नेतृ भगबती चौधरीलाई सम्मान गरिएको छ । माइक्रोफाइनान्स एशोसिएसन अफ नेपालकी उपाध्यक्ष समेत रहेकी लघुवित्त अधिकारकर्मी चौधरीलाई एशोसिएसनले सोमबार सम्मान गरेको हो ।

एशोसिएसनका अध्यक्ष जगत पोखरेल लगायतले चौधरीलाई लघुवित्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै निर्वाचनमा ऐतिहासिक विजय प्राप्त गरेको भन्दै सम्मान गरेको हो । दुई दशकदेखि लघुवित्त कार्यक्रम मार्फत देशका ४० जिल्लामा तीन लाख भन्दा बढी महिलाहरुलाई संगठित गर्दै वित्तिय पहुँच पुर्याउँदै आएकी चौधरीलाई संसदमा रहेर महिला अधिकार, आर्थिक नीति तथा ग्रामिण क्षेत्रको विकासमा ठोस नीति निर्माणमा भूमिका खेल्न आग्रह गरिएको छ ।

एशोसिएसनका अध्यक्ष जगत पोखरेलले निर्वाचित नेतृ चौधरीसँग राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रको सुधार गर्ने अनुभव र क्षमता भएको उल्लेख गर्दै संसदले होनहार क्षमतावान व्यक्तित्व पाएको चर्चा गरे ।

नेतृ चौधरीले समाज र मुलुकको विकास गर्न, समय सापेक्ष नीति निर्माण गर्न संसदमा आवाज घनिभूत गर्ने तथा इमान्दारिताका साथ काम गर्ने बताइन् । ग्रामिण क्षेत्रको विकास, महिला समानता र वित्तीय क्षेत्रका समस्याहरु संसदमा उठाउने उनको योजना छ ।

चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई ५ हजार बढी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा निर्वाचनमा विजय प्राप्त गरेकी थिइन् ।













0 प्रतिकृया